मोरङका सन्दीप भण्डारीको हत्या अभियोगमा एमालेका नेता युवराज बाँस्कोटा पक्राउ
प्रदेश नं १ स्थित मोरङका १९ बर्षी सन्दीप भण्डारीको हत्या अभियोगमा एमालेका नेता युवराज बाँस्कोटा पक्राउ परेका छन् ।
प्रधानमन्त्रीले संसद् विघटन गरेपी नेकपा दुई खेमा भई विभाजन भएपछि ओली नेतृत्व नेकपाको केन्द्रीय सदस्य बनाएका मोरङका युवराज बाँस्कोटालाई मोरङको पथरीशनिश्चरे-१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा पक्राउ परेका हुन् ।
भण्डारी गएको पुस १४ गते भण्डारी पथरीशनिश्चरे २ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृत फेला परेका थिए। त्यसपछि मृतकका परिवारले २६ पुसमा ‘कर्तब्य ज्यान’ मुद्दामा बाँस्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए।
किटानी जाहेरी परेपछि मोरङ अदालतदेखि मंगलबार पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ। अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पथरीदेखि पक्राउ गरिएको हो।
मृत अवस्थमा फेला परेका भण्डारीको शरीरमा निलडाम र कानमा पनि चोट देखिएको मृतककी आमा राधिका भण्डारीको भनाई छ ।
भण्डारीको ‘शंकास्पद मृत्यु’ भएको घटनामा एमालेका नेता बाँस्कोटा पक्राउ परेका हुन्। घटनामा संलग्न बाँस्कोटालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
किटानी जाहेरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो र अहिले अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेका नेता बास्तोलालाई मोरङ अदालतमा म्याद थप गर्न प्रहरीले लैजाने तयारी गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ।