Logo
५ आश्विन २०८१, शनिबार
(March 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवालाई भेट्न बुढानिलकण्ठ पुगे प्रचण्ड ! के भयो कुराकानी ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सकिएपछि प्रचण्ड मंगलबार देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए।

उनीहरूबीच २० मिनेट कुराकानी भए पनि के विषयमा कुराकानी भयो भन्नेबारे खुलाइएको छैन।

आजै नेकपा माओवादी केन्द्रले कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो।

संसद बैठक र सरकारबारे दलहरूसँग छलफल गर्ने नेकपा माओवादी केन्द्रको निर्णय थियो।

सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब बहुमत पुर्‍याउन अर्को दलका सांसद आवश्यक पर्छ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नयाँ गठबन्धन बन्न सक्ने चर्चाबीच प्रचण्ड र देउवाबीच भेटघाट भएको छ।

स्रोतका अनुसार देउवा र प्रचण्डबीच २० मिनेट कुराकानी भएको हो। देउवालाई भेटेर प्रचण्ड फर्किसकेका छन्।

प्रकाशित मिति: Mar 9, 2021

प्रतिक्रिया दिनुहोस्