Logo
५ आश्विन २०८१, शनिबार
(March 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित

प्रतिनिधि सभाकाे बैठक २६ गते बुधबारसम्मका लागि स्थगित भएको छ। नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको बहिष्कार र नेपाली कांग्रेसको अवरोधपछि बैठक सूचना टाँस गरि बुधबार दिउँसाे १ बजेसम्मका लागि स्थगित भएको हो।

​आइतबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा कार्यसूचीमाथि असहमति जनाउँदै प्रचण्ड–माधव पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए।प्रचण्ड–माधव पक्षबाट सांसद भीम रावलले बोल्दै कार्यसूचीमाथि प्रश्न उठाएका थिए।

प्रचण्ड-माधव पक्षको बहिष्कार पछि पनि सभामुख अग्नि सापकोटाले कानुनमन्त्री लिलानाथ श्रेष्ठलाई अध्यादेश पेस गर्न समय दिएपछि कांग्रेसले बैठक अवरुद्ध गरेको थियो।

प्रकाशित मिति: Mar 7, 2021

प्रतिक्रिया दिनुहोस्