Logo
३० कार्तिक २०८१, शुक्रबार
(March 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च अदालतको फैसला स्वीकार्छौँ : प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसला मान्ने बताएका छन् । संसद् भवन नयाँ बानेश्वर पुगेका ओली केहीबेर बसेर बाहिरिएका थिए ।

४ बजे बोलाइएको प्रतिनिधि सभा बैठक अहिलेसम्म सुरू हुन सकेको छैन ।

प्रधानमन्त्री ओली बाहिरिँदै गर्दा पत्रकारसँग कुरा गर्दै उनले सर्वोच्च अदालतको फैसला मान्ने बताएका हुन् ।

“सर्वोच्च अदालतको फैसला मान्छौँ,” उनले भने, “एमाले र माओवादी भन्ने कुरा पूर्णपाठ हेरेपछिमात्रै भन्न सकिन्छ । अहिले केही भन्न सकिँदैन ।”

प्रकाशित मिति: Mar 7, 2021

प्रतिक्रिया दिनुहोस्