Logo
९ मंसिर २०८१, आईतबार
(March 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री शंकर पोखरेल र घनश्याम भुषालबीच सिंहदरबारमा छलफल

नेकपा दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुषाल र लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलबीच सिंहदरबारमा छलफल भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेल र पूर्व कृषिमन्त्री तथा दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुषालबीच बिहीबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल भएको हो।

दुई नेताबीच झन्डै ४५ मिनेट कुराकानी भएको थियो।पूर्वमन्त्री भुषालले आफूहरू दुबै जना पार्टी एकताका पक्षमा रहेको र पहिलेदेखि कुराकानी गरिरहेको बताए।

‘एकता गर्नपर्छ, मिल्नुपर्छ भन्नेमा हामी दुबै एकमत छौं। यसअघि पनि छलफल र भेटघाट भइरहन्थ्यो। आजको छलफल त्यसैको श्रृंखला हो,’ भुषालले भने,‘नेताहरूबीच दूरी साँघुरिएको छैन तर राजनीतिमा असम्भव भन्ने कुरा छैन।’

प्रकाशित मिति: Mar 4, 2021

प्रतिक्रिया दिनुहोस्