Logo
२६ पुस २०८१, शुक्रबार
(March 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘रामानाम मानस महायज्ञ’ फागुन २१ देखि शुरु हुने

मानवकल्याण तथा धार्मिक सहिष्णुताको सन्देश दिन यही फागुन २१ देखि आगामी चैत १ गतेसम्म बलान बिहुल गाउँपालिकामा ‘रामानाम मानस महायज्ञ’ हुने भएको छ ।

बलान बिहुल-४ बेल्हीमा हुने महायज्ञमा नेपाल र भारत बिहारका करीब ५० हजार श्रद्धालुको दैनिक आगमन रहने यज्ञ समितिका अध्यक्ष शङ्कर गुप्ताले जानकारी दिए । घर फर्किन नसक्ने श्रद्धालुको खाना र बासको व्यवस्थापनसमेत गरिने जनाइएको छ ।

एक हजार जनाको कलशयात्राले शुक्रबार गाउँ परिक्रमा गरी यज्ञस्थल प्रवेश गरेपछि शनिबारदेखि यज्ञ प्रारम्भ हुने बताइएको छ । हवन कुण्ड, पसल कक्ष, विभिन्न घुम्तीमा प्रवेशद्वार र यज्ञस्थलसम्म जाने ग्राभेल सडकको निर्माण भइसकेको जानकारी दिँदै अध्यक्ष गुप्ताले शौचालय, खानेपानी, पार्किङको व्यवस्थापनको अन्तिम तयारी भइरहेको बताए ।

विभिन्न देवीदेवताका१५१ माटाका मूर्ति तयार गरिएको महायज्ञस्थलमा रामझुला, मौतका कुवाँ, सांस्कृतिक र साङ्गीतिक कार्यक्रम हुने आयोजक समितिले जनाएको छ ।

गाउँपालिकाले दाल, चामल, तेलसहित साढे रु पाँच लाख र वडा कार्यालयले रु दुई लाखको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
भारत अयोध्या बरछौनीका डा मानस मधुकर मुख्य प्रवचक हुने महायज्ञका लागि वृन्दावनबाट गौतम रासलीला र रामलीला प्रस्तुत हुने छ ।

यज्ञस्थलमा आयोजित पत्रकार सम्मेलनमा यज्ञकर्ता रामरतन दासले महायज्ञबाट सामाजिक विकृतिको अन्त्य तथा मानवता र आम्तीयतासहितको मानव समुदाय विकसित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: Mar 3, 2021

प्रतिक्रिया दिनुहोस्