भैंसी चराउन गएका लालबहादुर चौधरीको बाघको आक्रमणबाट मृत्यु
लुम्बिनी प्रदेश स्थित बर्दियामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
भैंसी चराउन गएका बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० कालाबन्जरका ६५ वर्षीय लालबहादुर चौधरीको बाघले घाँटी र कम्मरलगायत शरीरका अंगमा चिथोरेको अवस्थामा शव जंगलमा फेला परेको हो।
भैंसी गोठाला गएका चौधरी सोमबारदेखि हराइरहेका थिए र उनलाई बाघले आक्रमण गरेको आशंकामा खोजी गरिएको थियो।
स्थानियल बाघले आक्रमण गरेर मारेको अवस्थामा शव फेला परेका बताए । हात्तीसहित निकुञ्जका टोलीले खोजी गर्दा भैंसी चराएको ठाउँ नजिकै शव फेला परेको हो।
शवलाई पोस्टमार्टमका लागि लगिएको बताएका छन् । राजापुर वडा नम्बर १० का चौधरी भैंसी चराउन गेरूवा गाउँपालिका वडा नम्बर ६ स्थित बाझपुर गेरूवा पुगेका थिए।
राजापुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष दयाशंकर थारूका अनुसार कर्णाली नदीको टापुमा भैंसी चराउँदै गर्दा उनलाई बाघले आक्रमण गरेको थियो।
उनको शव सोमबार साँझ नै फेला परेको थियो।