Logo
५ आश्विन २०८१, शनिबार
(February 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड–नेपाल समूहमा हाई अलर्ट ! नेताहरुलाई राजधानी नछाड्न निर्देशन

प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सांसदहरूलाई उपत्यकाबाहिर नजान निर्देशन दिएका छन् ।

बुधवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा प्रचण्ड र नेपाल दुवैले अत्यावश्यकबाहेक सांसदहरूलाई बाहिर नजान निर्देशन दिएका हुन् ।

‘जतिबेला जे पनि हुन सक्छ, उपत्यकामा रहेका सांसदहरू इमर्जेन्सीबाहेक बाहिर नजानुहोला,’ अध्यक्षद्वयको भनाइलाई उदृत गर्दै सांसद रामकुमारी झाँक्रीले भनिन्, ‘१३ दिनभित्र सरकारले संसद बोलाउने कुरा छ । त्यही भएर होला ।’

आज बसेको बैठकमा ८० जना जति सांसद भेला भएको झाँक्रीले बताइन् । ‘कतिपय साथीहरू पूर्वनिर्धारित कार्यक्रमका लागि जिल्लातिर जानुभएको थियो,’ झाँक्रीले भनिन्, ‘त्यही भएर उपस्थित हुन सक्नुभएन ।’

प्रकाशित मिति: Feb 24, 2021

प्रतिक्रिया दिनुहोस्