Logo
५ आश्विन २०८१, शनिबार
(February 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस सभापति देउवाले भने,‘नेकपा फुटोस् भन्ने हाम्रो चाहाना छैन्’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा फुटोस् भन्ने काग्रेसको चाहाना नभएको बताएका छन् ।

महेन्द्रनारायण निधिको ९९ औ जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा उनले सो कुरा बताए ।

प्रधानमन्त्री केपी ओलीका सामु संसदमा बहुमत सिद्ध गर्ने वा सरकार छाड्ने दुईवटा विकल्प रहेको बताए । उनले प्रधानमन्त्रीबाट राजीनामा आए अविश्वास प्रस्ताव पेस गर्नै नपर्ने बताए ।

‘ओलीजीले राजीनामा दिनुहुन्छजस्तो लाग्दैन, तर कि बहुमतसिद्ध गर्नुपर्‍यो, कि छाड्नुपर्‍यो । योभन्दा विकल्प छैन,’ देउवाले भने ।

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि आफूले निर्वाचन वा पुनःस्थापना दुवै स्वीकार्ने बताएकोमा अन्यथा नलिन देउवाले आग्रह गरे ।

‘सर्वोच्चले स्टे अर्डर देला भन्ने लागेको थियो । नदिएपछि अदालतसँग आशंका बढेर पुन:स्थापना वा निर्वाचन जे भए नि मान्छौं भनेको हुँ,’ देउवाको स्पष्टोक्ति थियो ।

उनले अगाडि थपे, ‘कांग्रेसलाई जनताले भोट दिएनन् तर आखिर कांग्रेस नै रहेछ भन्ने बुझियो । कांग्रेसबाट आशा गरेकोमा सबैलाई धन्यवाद ।’

प्रकाशित मिति: Feb 24, 2021

प्रतिक्रिया दिनुहोस्