Logo
५ आश्विन २०८१, शनिबार
(February 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशमा उपचार गराउन आउँदा लज्जित छु : बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि आज नयाँ दिल्ली पुगेका छन् । आफ्नो उपचारअघि एउटा ट्विट लेख्दै उनले विदेशमा उपचार गराउन आउँदा लज्जित बनेको बताएका छन् ।

डा. भट्टराई लेख्छन्, ‘मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरु, मेरो अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिँदै गर्दा अत्यन्त लज्जित-दुखित छु । २१ औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु । सामान्य नागरिकको के होला ?’

दिल्लीस्थित ‘इन्स्टच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा डा. भट्टराईको उपचार हुने छ । उनीसँग पत्नी हिसिला यमी र प्रेस सल्लाहकार विश्वदिप पाण्डे रहेका छन् ।

प्रकाशित मिति: Feb 21, 2021

प्रतिक्रिया दिनुहोस्