Logo
७ पुस २०८१, आईतबार
(February 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटन मुद्दाको बहस सकियो, १० गतेसम्म नोट बुझाउन प्रधानन्यायाधीशको आग्रह

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाको बहस आजबाट सकिएको छ ।

एमीकस क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि सबै बहस सकिएको हो ।यसैगरी फागुन १० गतेसम्म बहस नोट बुझाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले जानकारी दिएका छन् ।

‘१० गतेपछि मुद्दा हेर्दाहेर्दैमा जान्छ ।११र १२ गतेसम्म जति पनि जान सक्छ, ‘जबराले भने, ‘हेर्दाहेर्दैमा पनि सकिन सक्छ।’

१० गतेसम्म बहस नोट आएपछि ११ गते फेरि संवैधानिक इजलास बस्नेछ ।गत पुस ५ गते प्रधानामन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन सँग बैशाख १७ र २७ गते मध्यावधी निर्वाचनको घोषणा गरेकी थिइन् ।

संसद् विघटन घोषणा लगतै संविधान विपरीत र लोकतन्त्र विपरीत रुपमा संसद विघटन भएको भन्दै सर्वोच्च अदालतमा १३ मुद्दा दर्ता भएका थिए ।

ती मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भएको थियो ।प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पहिले रिट निवेदकका तर्फका कानुन व्यवसायीले बहस गरेका थिए ।

त्यसपछि प्रधानमन्त्रीका वकिल र सभामुखका कानुन व्यवसायीले बहस गरेका थिए । त्यस्तै रिट निवेदकका कानुन व्यवसायीहरूले सोमबार जवाफी बहस पनि टुंग्याएपछि मंगलबारदेखि एमिकस क्युरीको पालो आएको थियो ।

 

प्रकाशित मिति: Feb 19, 2021

प्रतिक्रिया दिनुहोस्