Logo
५ आश्विन २०८१, शनिबार
(February 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

द्वन्द्वपीडितको समस्या सम्बोधन गर्न सरकारले विशेष कार्यदल बनाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले दशवर्षे सशस्त्र द्वन्द्वका पीडितको समस्या सम्बोधन गर्न सरकारले विशेष कार्यदल बनाउने बताएका छन्। 

आफ्ना पीडा सुनाउन बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीहरूसँगको छलफलमा प्रधानमन्त्रीले भने, “अब क्षमा र पीडितलाई आवश्यकता अनुरुपको सहयोग मार्फत द्वन्द्वका घाउ पुर्दै लैजानुपर्छ।”

गृहमन्त्री रामबहादुर थापा र सरकारका उच्चपदस्थ अधिकारीसहितको उक्त छलफलमा प्रधानमन्त्री ओलीले राज्यले शान्ति सुरक्षाका लागि खटाएका, राज्य विरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशंका वा रिसइबीमा मारिएका गरी तीन धारका द्वन्द्व पीडितहरु रहेको उल्लेख गरे। 

जुनसुकै तर्फबाट लडेको भए पनि अब प्रतिशोधको राजनीति गर्न नहुने पनि प्रधानमन्त्रीले बताए। अब क्षमा गर र बिर्सको भावबाट जानुपर्ने भन्दै प्रधानमन्त्रीले मैना सुनारको जस्तो जघन्य र गम्भीर प्रकृतिका घटनामा भने पीडकले सजाय पाउने पनि बताए।

कार्यक्रममा द्वन्द्वपीडित सुरक्षाकर्मीको परिवारका तर्फबाट बोल्दै रिता सेनले सशस्त्र द्वन्द्वकालमा आफ्नो कर्तव्य पालन गर्दा कुल दुई हजार ८९४ जना सुरक्षाकर्मी मारिएको र झण्डै १ हजार जना घाइते भएको उल्लेख गर्दै आश्रित परिवार र घाइते प्रहरीको अवस्था दयनीय रहेकोे बताइन्। “ज्यान जोखिममा राखेर कर्तव्य पालना गर्ने प्रहरीको परिवारलाई राम्रै गरी राहत दिन सकिए अहिले कार्यरत जवान सुरक्षाकर्मी समेतको मनोबल उच्च हुनेछ,” उनले भनिन्।

प्रकाशित मिति: Feb 18, 2021

प्रतिक्रिया दिनुहोस्