Logo
२६ कार्तिक २०८१, सोमबार
(February 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डको सुरक्षार्थ खटिएका प्रहरीकोे संख्यामा भारी कटौंती, पूर्व जनमुक्ती सेनाले सुरक्षा दिर्दै

सरकारले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षार्थ खटिएका प्रहरीकोे संख्यामा भारी कटौंती गरेको छ ।

प्रचण्ड निकट स्रोतका अनुसार प्रचण्डको सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षकसहितको ठूलो टोली सरकारले कटौंती गरेसँगै उनको सुरक्षार्थ पूर्व जनमुक्ती सेना (पीएलए)को ‘इन्टेलिजेन्स टिम’ टोली परिचालन गरिएको छ ।
बागमती प्रदेशका सांसद युवराज दुलालले पीएलएको तालिमप्राप्त समूह औपचारिक रुपमै सुरक्षामा खटिएको जानकारी दिए।

दुलालका अनुसार पुस ७ गतेदेखि नै पूर्वबटालियन कमान्डर प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा प्रचण्डको सुरक्षामा १५ जना पूर्वपीएलए खटिएका छन्। यो संख्या बढाउने तयारी छ।

‘प्रचण्ड–नेपाल प्रतिगमनको विरुद्धको आन्दोलनमा हुनुहुन्छ र उहाँहरुमाथि सुरक्षा चुनौती बढिरहेको छ। यस्तो बेलामा सरकारले राजनीतिक पूर्वाग्रह राखेर सुरक्षा कटौती ग-यो,’ दुलालले भने, ‘सोही कारण प्रचण्डको सुरक्षामा पीएलए पनि खटिएको छ।’

यसअघि पनि पाण्डे प्रचण्डको सुरक्षामा खटिएका थिए। त्यसैले उनको टोलीले सुरक्षासम्बन्धी तालिम प्राप्त गरिरहेको छ। तर, अहिले भने पुरै सुरक्षा चुनौतीको विश्लेषण गर्ने, प्रचण्ड जाने ठाउँ र त्यहाँको सुरक्षा अवस्थाको बारेमा वस्तुस्थिति बुझ्ने काम सो टोलीले गरिरहेको छ।

प्रकाशित मिति: Feb 18, 2021

प्रतिक्रिया दिनुहोस्