Logo
५ आश्विन २०८१, शनिबार
(February 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस महाधिवेशन सार्न देउवा-पौडेलबीच सहमती ! भदौ ७ देखि १० सम्म हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० सम्म गर्नेगरी कार्यतालिका ल्याउन सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको छ ।

फागुनको महाधिवेशन असम्भव भएपछि महाधिवेशनको नयाँ मिति तोक्न दुवै पक्षबीच छलफल भएको थियो । संविधान अनुसार पनि कांग्रेसले भदौभित्र महाधिवेशन गर्नैपर्ने भएकाले सो मिति तय भएको हो ।

यससँगै केन्द्रीय कार्यसमिति लगायत सबै कार्य समितिको म्याद छ महिना थप भएको छ ।

सहमतिपछि केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा शुरु हुँदैछ ।

प्रकाशित मिति: Feb 17, 2021

प्रतिक्रिया दिनुहोस्