Logo
६ आश्विन २०८१, आईतबार
(February 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महानगरीय अपराध महाशाखाका प्रमुख फेरिए

गृह मन्त्रालयले महानगरीय अपराध महाशाखा, बानेश्‍वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्णयबाट थापाको महाशाखा प्रमुखको प्रहरी प्रधान कार्यालय, नक्सालस्थित कार्यालयमा सरुवा भएको हो ।

गृहमन्त्री थापाले एसएसपी थापाको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई काज सरुवा गरेको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: Feb 15, 2021

प्रतिक्रिया दिनुहोस्