Logo
७ पुस २०८१, आईतबार
(February 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार पूर्वप्रधानन्यायाधीश लिखित जबाफसहित सर्वोच्च अदालतमा

सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा खेपिरहेका चार पूर्वप्रधानन्यायाधीश आज लिखित जबाफसहित उपस्थित भएका छन् ।

अदालतले गत माघ १५ गते अवहेलना मुद्दामा लिखितजबाफसहित आफै उपस्थित हुन चार पूर्वप्रधानन्यायाधीशलाई आदेश जारी गरेको थियो ।

चार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध परेको मुद्दामा अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले यस्तो आदेश जारी गरेको थियो ।

चार पूर्वप्रधानन्यायाधीश लिखित जबाफ बोकेर अदालत पुगेका हुन् भने उनीहरुको जबाफ अदालतमा पेश हुने प्रक्रियामा रहेको छ ।

चार पूर्व प्रधानन्यायाधीशले केही अघि संयुक्त विज्ञप्ति जारी गरेका थिए ।रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जवाफ पेश गर्न इजलासले चार पूर्व प्रधानन्यायाधीशलाई निर्देशन दिएको हो ।

प्रकाशित मिति: Feb 15, 2021

प्रतिक्रिया दिनुहोस्