Logo
९ मंसिर २०८१, आईतबार
(February 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापामा एक युवकमाथि सामुहिक बलात्कार, दुई जना पक्राउ

प्रदेश नं १ स्थित झापामा एक युवक सामुहिक बताल्कारबाट घाइते भएका छन् । कनकाई नगरपालिका-७ स्थित बिरिङ नदीको लुकुनी खाडीमा दुई युवाको बलात्कारबाट एक युवक सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

अप्राकृतिक यौन क्रियाकलापमा संग्लन दुबैलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोड प्रहरीले जनाएको छ ।

शनिबार बेलुकी ७ बजेको समयमा कनकाई नगरपालिका ६ का १९ बर्षिय पारस तामाङ र कनकाई ७ का २१ बर्षिय विनोद टुडुले कनकाई ७ का ३० बर्षिय एक युवकलाई खोला किनारामा अप्राकृतिक यौन कृयाकलाप गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइते युवकको हाल बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भैइरहेको छ ।

प्रहरीले घटनामा संलग्न भनिएका दुवैलाई पक्राउ गरेपनि घाइतेका तर्फबाट उजुरी नपरेको जानकारी दिए ।

प्रकाशित मिति: Feb 15, 2021

प्रतिक्रिया दिनुहोस्