माधवकुमार नेपाल र डा. भट्टराईलाई पनि मुद्दा चलाउनका लागि प्रमाण झिकाउन आदेश
बालुवाटार जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै परेको रिटमाथिको सुनुवाई गर्दै अदालतले प्रमाण झिकाउने आदेश दिएको छ।
ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल विरुद्ध मुद्धा चलाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले विशेष अदालतमा दर्ता भएको अभियोगपत्र झिकाउन आदेश दिएको हो ।
वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं समेतलाई विपक्षी बनाइ राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरी मुद्धा चलाएको भन्दै तत्कालीन प्रधानमनत्रीलाई समेत मुद्दा चलाउन माग गरेर रिट दायर गरेका थिए ।
बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सलग्नता रहेको भए पनि अनुसन्धान गरी मुद्धा चलाउने बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको भन्दै उनीहरुलाई समेत बिपक्षी बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा सुनुवाइ भएको थियो ।
ललिता निवास प्रकरणमा अख्तियारले नीतिगत निर्णयमात्र गरेको भन्दै तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।
तर सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने निर्णय गरेकाले भ्रष्टाचार मुद्दा चलाउने आदेश माग्दै वरिष्ठ अधिवक्ता न्यौपानेले रिट दायर गरेका थिए ।