Logo
९ मंसिर २०८१, आईतबार
(February 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्यालेन्टाइन्स् डे : माया गर्नेहरुको दिन !

दीपा रेग्मी

आज हजुरलाइ माया गर्ने मान्छेलाइ विषेश महत्वको त दिनुभयो! कि विर्सनु भयो साहेद विर्सनु भएको छैन् होला! सोच्दै हुनुहुन्छ सधै माया गरेको त हो नी, सधैे महत्व दिएको त हो नी ,लाग्दै छ होला !

किन आजको दिननै कुर्नपर्यो भन्ने पनि सोच्नु भयो होला !कति पयले आजको दिनलाइ कुरेर पो बस्नु भएको थियो होला केही स्पेसल वनाउने कोशिसमा लागि रहनुभएको छ होला! हो आज  १४ फेब्रुअरी अर्थात प्रेम दिवस भ्यालेन्टाइन्स् डे : माया गर्नेहरुको दिन !

आज विषेश माया गर्नेहरुको दिन माया गर्नेहरुले विषेश महत्वको साथ लिने गरेका छन् । यो हरेका बर्ष १४ फेब्रुअरीका दिन विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाउने गरेको पनि पाइन्छ।

जब कसैसँग भावनात्मक सम्बन्ध प्रगाढ हुँदै जान्छ, उनकै आसपासमा बस्न खोजिन्छ ।उसकै सामिप्यता खोजिन्छ । यसका लागि बहाना अनेक हुनसक्छ । कुनै न कुनै रुपमा कोहि आफ्नो निकट रहने प्रयास गर्छ भने उसले आफुलाई माया गरिरहेको छ भनेर बुझ्ने पनि गरीन्छ ,कसैले व्यक्त गर्छन् कसैैले अनुभुति गराएको पनि पाइन्छ । विगतमा मन पराएको मान्छेलाई चिट्ठीपत्रमार्फत आफ्नो मनको कुरा लेखी पठाउने चलन थियो । तर पछिल्लो समय प्रविधिको विकाससँगै मन पराएको मान्छेलाई क्षणभरमै मनको कुरा सुनाउन, भन्न सकिने अवस्था रहेक छ ।

पहिले पहिले युवा पुस्तामा मात्र लोकप्रिय थियो भने पछिल्लो समय हरेक माज लोकप्रिय वन्न पुगेको पाइन्छ । यसको उदाहरण समाजिक सञ्जालहरुमा प्रष्ट देख्न सकिन्छ । आज पनि सामाजीक सञ्जालमा फोट भिडियो राखेर माया व्यक्त गरिहेको देख्न पाइन्छ ।

पछिल्लो समय सकारात्तम्क रुपमा लिने गरेर १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने पनि पाइन्छ ।नेपालमा अझै पनि खुला रुपमा प्रेमको कुरा गर्नु विपरीत लिंगीसँगै हिँड्नुलाई सकारात्मक रुपमा सहज रुपमा ग्रहण सकिएको पाइदैन् ।

माया गर्ने मान्छेले तपाईंको प्रेममा परेको व्यक्ति सँधै तपाईंको ओठमा हाँसो देख्न चाहन्छ । उसको कुरामा तपाईं हाँसिदिनुभयो भने उसलाई त्योभन्दा ठूलो खुशी अर्को केही हुँदैन ।  हर समय खुसी र सुखी राख्ने कोशिमा जुटेको हु्न्छन् ।  तिनिहरुले पनि आजको दिनमा विषेश महत्व दिएका हु्न्छन् ।

हामी कतिलाई थाहा नहुन पनि सक्छ किन र कसरी यो दिन विषेश महत्वका साथ मनाउन थालीयो भनेर ।
प्रणय दिवसको औपचारिक शुरुआत सन् २६९मा रोमबाट शुरु भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । सम्राट्को आदेशको उल्लंघन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएको बताइन्छ ।

आदेश तोडेको आरोपमा उनलाई इ.पू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन थालिएको हो ।प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको बताइन्छ ।भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको छ ।


पछिल्लो समय युवा पु्स्तामा लोकप्रिय यो दिवस विश्वभर चर्चित छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् ।प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ। विशेष गरी युवा युवतीहरूमा यसको बढी लगाव हुने गर्दछ। प्रत्यक वर्ष यो पर्व वा दिन नेपालमा मात्र ५,००,००० गुलाफ को बिक्री हुने गर्छ।

विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ ।युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् नेपाली समाजले प्रणय दिवस सहजै पचाउन सकिएको अवस्था भने छैन ।

यसबारे दुई खाले विचार पाइन्छ । केहीले यसलाई विदेशी चाड भएकाले विकृति मात्र ल्याएको धारणा राख्दै आएका छन्, भने केहीले प्रेमलाई अझ सशक्त बनाउने एक-आपसमा सम्बन्ध प्रगाण बनाउन सहयोग पुग्ने विचार राख्दैआएका छन् ।

नेपालमा पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि आइरहेको छ । खासगरी पश्चिमा देशमा विशेष रुपमा मनाइने प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ नेपालका युवालाई पनि आकर्षित गरिरहेको छ ।बढ्दो सूचनाप्रविधिले संसारका हरेक क्रियाकलाप नजिकै जस्तो गरी थाहा पाउन सकिन्छ । तर पछिल्लो समय भावनात्मक रूपमा भन्दा पनि विभिन्न श्वार्थ भावका साथ झूटो प्रेम ‘फेक लभ’ गर्नेहरूको कमी छैन ।

हरेकको मनमा प्रेमभाव अङ्कुराएको हुन्छ । मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो कदापि होइन । प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो । त्यसैले यसलाई विकृतिको रुपमा नलिएर सभ्य र सृष्टताको साथ मनाउने पो हो की

 

प्रकाशित मिति: Feb 14, 2021

प्रतिक्रिया दिनुहोस्