Logo
६ आश्विन २०८१, आईतबार
(February 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीका वकिलसँग प्रधानन्यायाधीश किन रिसाए ?

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा प्रधानमन्त्री केपी शर्माका वकिल बढी बोलेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा रिसाएका छन् ।

आइतवार नै प्रधानन्यायाधीश जबराले १ जनालाई १५ मिनेटको समय मात्रै दिन सकिने गरी समय निर्धारण गरेका थिए । तर सोमवार शुरूमै बहस गरेका प्रधानमन्त्री ओलीको पक्षका अधिवक्ता ईश्वरी भट्टराईले बढी समय लिएपछि जबरा रिसाएका हुन् ।

अधिवक्ता भट्टराई नरोकिएपछि प्रधानन्यायाधीश जबराले भने, ‘१५ मिनेट भनेको धेरै बोल्नुभयो, तपाईंको समय धेरै गइसक्यो । अब बहस नगर्नुहोस्, छाडिदिनुहोस् !’

जबराले अगाडि भने, ‘हाम्रो बाध्यतालाई हेर्नुहुन्न तपाईंहरू । तपाईंहरू भनेकै मान्नुहुन्न !’

प्रतिनिधिसभा विघटनको विषयले सर्वाेच्चमा धेरै दिन खर्चिएपछि बेन्चले बहसको समय घटाउन कोसिस गर्दै आइरहेको छ । तर अधिवक्ताहरूले धेरै समय बहस गर्दा बहस लम्बिँदै गइरहेको छ ।

प्रकाशित मिति: Feb 8, 2021

प्रतिक्रिया दिनुहोस्