चीनले अरब लिग र इजिप्टलाई कोरोनाको खोप उपलब्ध गराउने
चीनले अरब लिग र इजिप्टलाई पनि कोभिड १९को खोप उपलब्ध गराउने भएको छ ।
इजिप्टको राजधानी कायरोमा रहेको चिनियाँ दूतावासले सोमबार सो कुराको जानकारी गराएको समाचारमा जनाइएको छ ।चीनले हालै मात्र सो कुराको घोषणा गरेको थियो ।
यससम्बन्धी थप कार्य इजिप्टको सरकारले अघि बढाउने निर्णयका आधारमा हुने पनि सो दूतावासले जनाएको छ । चीनले विश्वका १० ओटा विकसित देशहरुलाई यो कोभिडको खोप उपलब्ध गराएको छ ।
त्यसैगरी विश्वका करिब ३८ ओटा देशलाई कोभिड १९को खोप खरिदका साथै अरु प्रकारहको सहायता पनि उपलब्ध गराएको बताइएको छ ।
चीनले कोभिड १९ भ्याक्सिन ग्लोबल एक्सेस (कोभ्याक्स) कार्यक्रममा पनि सहभागिता जनाएको छ । यस सहायता कार्यक्रममार्फत् पनि चीनले करिब एक करोड डोज खोप सहायता दिने बताएको पनि समाचारमा जनाइएको छ ।