जसपा नेपालका नेताद्वय महन्थ ठाकुर र राजकिशोर यादव दिल्ली प्रस्थान
जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजकिशोर यादव आज (सोमबार) दिल्ली प्रस्थान गरेका छन् ।
जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर भारत गएका छन्। प्रतिनिधि सभा विघटनपछि ठाकुर दिल्ली जानुलाई चासोपूर्वक हेरिएको छ।
जसपाका नेता केशव झाका अनुसार मेदान्त अस्पतालमा मुटुको नियमित चेकजाँचका लागि ठाकुर आज स्थलमार्गबाट दिल्ली गएको बताएका छन् ।
झाले उनी ३/४ दिन अस्पतालमै रहने जानकारी दिएका छन् ।नेता यादव काठमाडौंबाट सिधै दिल्ली उडेका हुन् । देशमा राजनीतिक संक्रमण बढिरहेको बेला जसपा नेपालका दुई नेताहरु दिल्ली प्रस्थान गरेको अर्थपूर्ण मानिएको छ ।
तर, नेताहरुको भ्रमण राजनीति नभई व्यक्तिगत रहेको जनाइएको छ । नेता यादवको व्यक्तिगत भ्रमणमा रहेको जनाइएको छ। यादव दिल्ली गएकोबारे पार्टीमा कुनै जानकारी नभएको र उनको व्यापार व्यवसाय उतै भएर व्यक्तिगत काममा गएको स्रोतले बताएको छ ।