Logo
६ आश्विन २०८१, आईतबार
(February 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता पक्षकै सांसद्‍द्वारा प्रदेश सभाको बैठक अवरोध, दुई मिनेटमै स्थगित

प्रदेश १ सभाको बैठक स्थगित भएको छ । आइतबारको बैठकमा सत्तापक्षका पक्षका सांसदहरूले विरोध जनाएपछि बैठक कार्यसूचीमा प्रवेशै नगरी स्‍थगित भएको हो ।

अपराह्न सुरु भएको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बैठक प्रारम्भ भएको घोषणा गर्न नपाउँदै मुख्यमन्त्री शेरधन राई पक्षधरले उठेर बैठक अवरुद्ध पारेका हुन् । ओली पक्षका सांसद्ले उठेर विरोध जनाएपछि दुई मिनेट पनि नबसी बैठक स्थगित भएको हो ।

ओली पक्षका सांसद्ले १६ जना सांसद्लाई कारबाही गरिएकोले उनीहरू रहेसम्म बैठक सन्चालन गर्न नहुने अडान राखेका थिए । अर्को बैठक फागुन ९ गते दुई बजे बस्ने तय भएको छ ।

आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची थियो । कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले मुख्यमन्त्री राईविरुद्ध अविश्‍वासको प्रस्ताव सदनमा पेश गर्ने कार्यसूची तय गरेको थियो ।

यसअघि माघ ७ गते बोलाएको बैठक ३ मिनेट बसेर स्थगन भएको थियो । मुख्यमन्त्री राईविरुद्ध गएको पुस १२ गते प्रदेश सभा सचिवालयमा अविश्‍वासको प्रस्ताव दर्ता भएको थियो ।

प्रकाशित मिति: Feb 7, 2021

प्रतिक्रिया दिनुहोस्