Logo
६ आश्विन २०८१, आईतबार
(February 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला पन्तको जस्तै झल्को दिने गरी फेरी अर्की किशोरीको बलत्कारपछि हत्या !

निर्मला पन्तको जस्तै झल्को दिने गरी बैतडीमा किशोरीको बलत्कारपछि हत्या गरिएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढि्थन् ।

घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्छ । यद्यपि स्कुल जाँदा-आउँदा साथीहरु हुन्थे ।

बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडिन् । तर, अरु दिनजस्तो उनी घर पुगिनन् ।

स्कुलबाट छुटेका साथीहरुले हामी कपाल काटेर आउँछौं, तिमी हिँड्दै गर भनेका थिए । हुन्छ भनेर हिँडेकी उनी घर नआएपछि आमा द्रोपतीले हारगुहार गरिन्, खोजीमा जुटिन् । तर, भागरथीको अत्तोपत्तो भएन ।

भोलिपल्ट बिहीबार स्कुलबाट फर्किएकाहरुले लबलेक सामुदायिक वनमा बनमारा झाडी माडिएको देखे । भागरथी हराएको थाहा पाएका उनीहरुले गाउँलेलाई खबर गरे । गाउँ नजिकै रहेको प्रहरी चौकीबाट प्रहरीहरु पनि पुगे । ‘मान्छे मारेर फालेको भन्ने खबर पाएपछि म पनि गएँ, भागरथीकै शव रहेछ’ दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले भने ।

भागरथीको निकै बीभत्स किसिमले हत्या गरिएको थियो । त्यो देख्दा निर्मला प्रकरण सम्भिmएको भन्दै कार्की भन्छन्, हामीले हेर्दा दुबै घटना उस्तै हो जस्तो लाग्छ ।’

२०७५ साउन १० गते साथीको घरमा पढ्न गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखु बारीमा शव भेटिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बैतडीमा एक किशोरीको बलत्कारपछि हत्या भएको घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले सो घटनालाई पाशविक र अमानवीय कुकृत्यको संज्ञासमेत दिएका छन् ।

अध्यक्षद्वयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषिमाथि कडाभन्दा कडा कारवाही गर्न माग गर्दर्छौं ।’

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भागरथी भट्टको गत २२ गते बलत्कारपछि हत्या भएको थियो । विद्यालयबाट घर फर्किँदै गरेको बेला १७ वर्षिया किशोरीमाथि कुकृत्य भएको हो ।

प्रकाशित मिति: Feb 6, 2021

प्रतिक्रिया दिनुहोस्