Logo
६ आश्विन २०८१, आईतबार
(February 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले प्रचण्डलाई भने, ‘आफू गाडीमा सयर भएर तमासा हेर्दै हिँड्नुभयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको दु:ख हेर्न गाडीको सयर गरेको टिप्पणी गरेका छन्।

नेकपाको प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको आमहड्तालका क्रममा विभिन्न ठाउँमा प्रचण्ड गाडी लिएर पुगेका थिए। प्रचण्ड गाडी लिएर पुगेको विषयमा प्रधानमन्त्री ओलीले व्यंग्य गरेका हुन्।

‘अरूका गाडी जलाउनुभयो। आफू गाडीमा सयर भएर तमासा हेर्दै हिँड्नुभयो । जनताले कति दु:ख पाएका छन् हँ भनेर। गाडी चढेर तमासा हेर्दै हिँड्नुभयो’, प्रधानमन्त्री ओलीले भने, ‘अर्को गाडी चढ्न अलिक भएन आफैंले बन्द गरेको भनेर… अलिक ठूलो भयो गाडी भनेर बाइक लिएर जनताले कति दु:ख पाए भनेर रमिता हेर्दै हिँड्नुभयो।’

उनले प्रचण्ड-नेपाल पक्षको कार्यकर्ता सकिएकाले आफैं सडकमा उत्रिएको टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले आन्दोलनको क्रममा गरिबको तरकारी फ्याँकिएको बताए।

‘बुढी आमाले ल्याएको तरकारी टमाटर सडकमा फ्याँकेर क्रान्तिकारी त देखाउनुभयो प्रचण्ड-माधव नेपालले’, ओलीले भने।

उनले कार्यकर्ता जति सबै आफ्नो पक्षमा रहेको दाबी समेत गरे।

आफूले गाडी रोक्न लगाएर हेर्दा सडकमा प्रचण्ड उभिएको देखेको ओलीले बताए।

‘गाडी रोक त को उभिएको छ भनेको त प्रचण्ड उभिएको’, ओलीले भने, ‘उभिएको कहाँ कस्तो ठाउँमा फेरि सातदोबाटोमा। उभिएको पनि सातदोबाटो, ठाउँ पनि जानेको….प्रचण्ड साइनबोर्ड लिएर।’

प्रधानमन्त्री ओलीले सब्जी, टमाटर, मुला फ्याँक्ने काम प्रचण्ड-नेपाल पक्षको आन्दोलनले गरेको बताए।

प्रचण्ड-नेपाल पक्षले सिडिओ र प्रहरीका एसपीदेखि इन्स्पेक्टरसम्मलाई हप्कीदप्की गरेको बताए।

प्रकाशित मिति: Feb 4, 2021

प्रतिक्रिया दिनुहोस्