Logo
६ आश्विन २०८१, आईतबार
(February 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘केपी ओली आई लभ यू’ भन्दै काठमाडौंमा मार्चपास

महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास गरेको छ। काठमाडौं र भक्तपुरका १० स्थानबाट करिब तीन हजार स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास गरेका हुन्।

प्रधानमन्त्री केपी ओली पक्षधरको भोलि हुन लागेको आमसभालाई लक्षित गरी मार्चपास गर्न लागिएको बस्नेतले बताए।

उनका अनुसार मार्चपास वाल्मिकी कलेजबाट सुरू भएर प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै पुन: वाल्मिकी कलेज पुगेको छ।

काठमाडौंका ८ र भक्तपुरका २ ठाउँबाट मोटरसाइकलमा स्यमंसेवक आएका थिए।

मार्चपासपछि वाल्मिकी कलेजमै आएर ती स्वयंसेवकलाई प्रशिक्षण दिने कार्यक्रम राखिएको छ।

प्रशिक्षणमा मन्त्री ईश्वर पोखरेल र बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेल आउने छन्।

प्रकाशित मिति: Feb 4, 2021

प्रतिक्रिया दिनुहोस्