विराटनगरमा देखियो आमहड्तालको प्रभाव बढी
नेकपा दाहाल नेपाल समुहले आज देशव्यापी आमहड्ताल गरेको छ । त्यसको प्रभाव प्रदेश नं १को राजधानी विराटनगरमा पनि देखिएको छ ।
आमहड्तालले नागरिकको जीवन प्रभावित भएको छ । नेकपा दाहाल नेपाल समुहको घोषित आमहड्ताल सफल बनाउन नेता-कार्यकर्ता सडकमा उत्रिएका छन् ।
विराटनगरमा सार्वजनिक बाहेका निजी गाडी फाट्टफुट्टमात्र चलेका छन् । मोटरसाइकल भने बाक्लै रूपमा चलेका छन् । फाट्टफुट्ट चलेका सार्वजनिक सवारीमा पनि बन्दकर्ताको आक्रमणको जोखिम उत्तिकै छ ।
विराटनगरका मुख्य सडक आसपासमा पसल खुलेका छैनन् भने भित्री क्षेत्रका पसल व्यवसाय सन्चालनमा छन् ।
बिहानै प्रचण्ड नेपाल निकट अनेरास्ववियू र युवाको समूहले विराटनगरको शनिमन्दिर चौकस्थित टायर बालेर प्रदर्शन गरेका छन् ।
शनिमन्दिर चौकमा बिहानै बालिएको टायर प्रहरीले निभाएको थियो । त्यसपछि पनि प्रहरी र युवाहरुबिच टायर तानतान भयो ।