Logo
६ आश्विन २०८१, आईतबार
(February 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुरक्षाकर्मीको साहारामा महँगो गाडी चढेर आमहड्तालको निरिक्षणमा निस्किए ‘प्रचण्ड’ !

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्ड महँगो गाडी चढेर आमहड्तालको निरिक्षणमा निस्किएका छन् ।

आमहरतालको कारण जनजिवन अस्तव्यस्त भइरहेको बेला उनले आमहरतालका बेला महँगो गाडीको प्रयोग गरेर सडकमा निस्किएको पाइयो ।

उनी बा १७ च ३०७१ नम्बरको प्राडो चढे । उनका अगाडि-पछाडि सुरक्षाकर्मी पनि थिए।

आन्दोलनको निरीक्षणका क्रममा उनले सरकारले संविधान मिचेर दिउँसै रात पार्ने काम गरेको आरोप समेत लगाएका छन् ।

संवैधानिक नियुक्तिको विरोधमा नेकपा प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल पार्न सडकमा निस्किएका प्रचण्डले कोटेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले फागुन १ गतेदेखि संयुक्त जनआन्दोलन हुने दाबी गर्दै ओली सरकारको आयु समाप्त हुने जिकिर समेत गरे ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले भोलि गर्न लागेको आमसभालाई पञ्च र्‍यालीको संज्ञा दिए ।

‘यस्तो बेलामा सरकार आफैंले जुलुस निकाल्ने भनेको त हिजो पञ्चायतका बेलामा पञ्चर्‍याली निस्किन्थे ठूल्ठूला; लाख, डेढ लाख, दुई लाखका र्‍याली । निभ्ने बेलाको पञ्चर्‍याली थिए ती,’ प्रचण्डले भने, ‘सत्तामा बसेर आफैं संविधान मिच्ने अनि आफैँ पञ्च र्‍याली निकाल्ने ? यहाँ त प्रतिगमनको पनि भद्दा रूप देखियो ।’

प्रचण्डले अहिलेको शासनलाई जंगलराजको संज्ञा दिए । ‘मैले त यसलाई जंगलराजको रूपमा लिएको छु,’ प्रचण्डले भने ।

कोटेश्वरमा प्रचण्डले केहीबेर कार्यकर्ताहरूसँग मिसिएर नाराबाजी समेत गरे ।

त्यसअघि प्रचण्ड पुल्चोक र सातदोबाटोको प्रदर्शनमा पनि सहभागी भएका थिए ।

प्रकाशित मिति: Feb 4, 2021

प्रतिक्रिया दिनुहोस्