Logo
६ आश्विन २०८१, आईतबार
(February 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्दकर्ताले गाेगबुमा ट्याक्सी जलाए, अष्टलक्ष्मीसहितका नेता प्रहरीको नियन्त्रणमा

आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले घोषणा गरेको आम हड्तालको दिन बिहीबार बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ। महानगरीय प्रहरी परिसर, काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले परिचय नखुलेका दुई युवाले ट्याक्सी जलाएको जानकारी दिए।

प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमाथि आगजनी भएको हो। आगजनीबाट ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेकाे छ।

यसैबीच बन्द गराउन कलंकी पुगेकी नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेतालाई प्रहरीले कलंकीबाट पक्राउ गरेको छ। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले ट्वीटमार्फत भनेका छन्, ‘आज बिहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेतालाई कलंकीबाट गिरफ्तार गरेको छ।’

बिहीबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटिएका छन्। उपत्यकामा फाट्टफुट्टमात्रै सवारी साधन चलेका छन्। अहिलेसम्म प्रहरीले हड्ताल गर्दै हिड्ने ५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको छ।

प्रकाशित मिति: Feb 4, 2021

प्रतिक्रिया दिनुहोस्