Logo
६ आश्विन २०८१, आईतबार
(February 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा नेता शिवजी यादव नेकपा ओली समूहमा प्रवेश

जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य तथा पूर्व सांसद डा. शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन्।

मंगलबार राति प्रधानमन्त्री ओलीले नेता यादवलाई खादा ओढाएर पार्टी प्रवेश गराएका हुन्।

महोत्तरीका यादव फोरमका प्रभावशाली नेता मानिन्छन्। उनी तत्कालीन फोरम नेपालका प्रमुख सचेतकसमेत रहेका थिए।

पार्टी प्रवेश कार्यक्रममा उप प्रधानमन्त्री ईश्वर पोखरेल, नेता महेश बस्नेत लगायत उपस्थित थिए।

डा. यादवले प्रधानमन्त्री ओली दूरदर्शी नेता भएको र चुनावमा जाने निर्णय सही भएका कारण आफू नेकपामा प्रवेश गरेको बताएका थिए।

प्रकाशित मिति: Feb 3, 2021

प्रतिक्रिया दिनुहोस्