सबस्टेशन उदघाटन गर्न प्रधानमन्त्री ओली आज धनुषा जादैँ
प्रधानमन्त्री केपी शर्मा ओली सबस्टेशनको उदघाटनका लागि आज धनुषाको ढल्केवर जादैँ छन् ।
देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटनका लागि प्रधानमन्त्री ओली धनुषाको ढल्केवर जान लागेका हुन्।
प्रधानमन्त्री ओली बिहान साढे १० बजे काठमाडौबाट ढल्केबरकालागि प्रस्थान गर्न छन् । सवाँ ११ बजे सम्म ढल्केबर आइपुग्ने ओली सवस्टेशव उदघाटन पछि सभालाई सम्बोधन गर्ने कार्यक्र छ । साढे १२ देखि १ बजे सम्म सभा सम्बोधन गरेर प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद वास्तोलाले बताए ।
प्रधानमन्त्रीसंग सव स्टेशन उदघाटन कार्यक्रममा उर्जामन्त्री टोप बहादुर रायमाझि, महिला बालवालिका तथा जेष्ट नागरिक महिन्त्री जुली कुमारी महतो लगायतका मन्त्रीहरु पनि सहभागि हुने छन् ।
सवस्टेशनउदघाटन कार्यक्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत समेत सहभागि हुने छन् । प्रधानमन्त्री ओली धनुषा आउने भएप्छि सुरक्षा सतर्कता अपनाइएको छ ।ल्केबर पुर्याइने छ।
विशेष सुरक्षा योजना अन्र्तगत कार्यक्रम स्थाल र आसपासमा ४ सय नेपाल प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ढल्केबरमा कुल ४ सय र २ सय २० केभी क्षमताको सवस्टेसनमा ३ सय १५ एमभीए क्षमताका तीनवटा गरी ९ सय ४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर ढल्केबार सबस्टेशनमा हाल सञ्चालनमा रहेका नेपालका सबस्टेसनमध्ये सबैभन्दा ठूलो हो ।
सबस्टेसनमा जडान गरिएको ३ सय १५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न सकिएको छ ।
ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन ४०० केभीमा चार्ज भइसकेको छ। नेपालभित्र विद्युत् प्रवाहका लागि ४०० केभी र २२० केभीको संरचना तयार भइनसकेकाले ४०० केभी प्रसारण लाइनबाट भारतबाट आएको विद्युत्लाई १३२ मा कन्भर्ट गरी प्रवाह भइरहेको छ।
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माणाधीन छ भने खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन १३२ केभीमा मात्रै सञ्चालनमा छ।
खिम्ती–ढल्केबरलाई २२० केभी डबल सर्किटमा छिट्टै चार्ज गर्ने गरी काम भइरहेको छ। ढल्केबरबाट बिजुली आयात समेत गरिरहेको छ । माथिल्लो तामाकोशीको विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि देशभित्र नै खपत गर्न सकिन्छ ।