Logo
६ आश्विन २०८१, आईतबार
(January 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय सुनुवाइका लागि पठाइएका सिफारिस सभामुखले फिर्ता गरिदिए

सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्ले संसदीय सुनुवाइका लागि पठाएको पत्र फिर्ता गरेका छन् ।

मुख्य सचिव एवं संवैधानिक परिषद्का सचिवलाई आइतवारको मितिमा पत्र लेख्दै सापकोटाले सिफारिशको पत्र फिर्ता गरेका हुन् ।

मंसिर ३० गते संवैधानिक परिषद्को बैठक बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा नियुक्तिको सिफारिश गरेको थियो ।

पुस ३ गते परिषद्ले संघीय संसद् सचिवालयलमा संसदीय सुनुवाइका लागि पत्र पठाएको थियो ।

पौष ५ गते प्रतिनिस सभा विघटनसँगै संसदीय सुनुवाइ समिमि निस्क्रिय बनेको थियो । परिषद्ले सिफारिश गरेको ४५ दिनभित्र सुनुवाइ गर्न नसके स्वतः नियुक्त हुने संविधानमा व्यवस्था छ ।

सभामुखले पठाएको पत्र तत्कालीन प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई समेत बोधार्थ पठाएका छन् ।

प्रकाशित मिति: Jan 31, 2021

प्रतिक्रिया दिनुहोस्