दाहाल-नेपाल पक्षको बुटवलमा शक्ति प्रदर्शन
संसद् विघटनविरुद्ध नेकपा दाहाल-नेपाल पक्षले रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड-नेपाल समूहले बिहीबार लुम्बिनी प्रदेशस्तरीय विरोध प्रदर्शन र सभा गरेर आफ्नो शक्ति देखाएको हो ।
कार्यक्रममा अध्यक्षद्धय प्रचण्ड-नेपालले सम्बोधन गर्नेछन् । सभाअघि बुटवलका तीन ठाउँबाट र्याली निकालिएको थियो ।
नेकपाको दाहाल नेपाल समुह संसद्विघटन पछि निरन्तर विरोध सभा गर्दै आएको छ ।