Logo
१२ मंसिर २०८१, बुधबार
(January 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोलियम् ट्यांकर र बस ठोक्किएर आगलागी हुदाँ जलेर ५३ जनाको मृत्यु, २९ घाइते

पेट्रोलियम् ट्यांकर र बस ठोक्किएर आगलागी हुदाँ जलेर ५३ जनाको मृत्यु भएको छ ।

पेट्रोलिय पदार्थ बोकेको ट्यांकरसंग ठोक्किएर यात्रु बाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको जलेर मृत्यु भएको छ भने २९ जना गम्भीर घाइते भएका छन् ।

बुधबार देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा स्थानीय समयअनुसार बुधबार दिउँसो साढे ३ बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।

दुर्घटनामा परेको बसमा ७० सिट रहेको थियो । ट्यांकर र बस ठोक्किए लगतै बसमा आगलाी भएको हो ।दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिएको छ ।सरकारी अधिकारीहरूले दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति: Jan 28, 2021

प्रतिक्रिया दिनुहोस्