Logo
६ आश्विन २०८१, आईतबार
(January 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस केन्द्रीय कार्यालयअघि नेविसंघको प्रदर्शन

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपाअघि नेविसंघले प्रदर्शन गरेको छ ।

विधानसम्मत पूर्णता दिन माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो । आज तय गरिएको केन्द्रीय समिति बैठकको लागि नेताहरू सानेपा आइपुग्दैछन् ।

नेविसंघ हाल अपूर्ण छ । ६ महिनामा महाधिवेशन गर्नुपर्ने जिम्मेवारीसहित राजीव ढुंगानाको नेतृत्वमा नेविसंघ गठन गरिएको थियो । तर, एक वर्ष सकिन केन्द्रीय समितिले नै पूर्णता पाएको छैन । अधिवेशन गर्ने तयारी पनि छैन ।

नेताहरूको ध्यानाकर्षणका लागि प्रदर्शन गरिएको नेविसंघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीले बताए ।

प्रकाशित मिति: Jan 26, 2021

प्रतिक्रिया दिनुहोस्