Logo
६ आश्विन २०८१, आईतबार
(January 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तेस्रो जनआन्दोलन सुरु भयाे : नारायण वाग्ले

लेखक तथा पत्रकार नारायण वाग्लेले तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् ।

बालुवाटारमा प्रदर्शनका क्रममा सरकारले बर्बर दमन गरेको भन्दै उनले तेस्रो जनआन्दोलन सुरु भएको बताएका हुन् ।

‘हामीले लोकतान्त्रिक अधिकार प्रयोग गरी जिताएको सेवकले नै हामीमाथि बर्बर दमन गर्‍यो । हामी शान्तिपूर्ण आन्दोलन गर्छौं भनेका थियौँ । तर, बर्बर दमन गरियो । अब साथीहरू तेस्राे जनआन्दोलन सुरु भयाे ।’

प्रदर्शनका क्रममा प्रहरीले व्यापक लाठीचार्ज, अश्रुग्याँस र पानीकाे फाेहाेरा प्रहार गरेकाे थियाे । यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहानसमेत भएकाे थियाे ।

प्रकाशित मिति: Jan 25, 2021

प्रतिक्रिया दिनुहोस्