Logo
६ आश्विन २०८१, आईतबार
(January 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली समूहले राजधानीमा गर्न लागेको विशाल जनसभाको तयारी कस्तो छ ?

नेकपाको ओली समूहले माघ २३ गते राजधानीमा जनसभा गर्ने भएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उक्त जनसभाको तयारीबारे जानकारी गराएको हो ।

वाग्मती प्रदेश कमिटीले जनसभामा लाखौं जनताको उपस्थिति गराउन मातहत कमिटीलाई निर्देशन दिन पनि दिएको छ ।

प्रदेश र उपत्यका विशेष प्रदेशका १७ वटा जिल्ला कमिटीहरुले माघ १४ भित्र ५०१ सदस्य रहेको जनसभा कमिटी गठन गरी सक्नुपर्ने बताइएको छ ।

त्यस्तै उक्त कमिटीले आ-आफनो जिल्लामा जन परिचालन गरी सभामा व्यापक जनसहभागिताको गराउने, माघ १७ भित्र सबै पालिकामा ३०१ र वडा स्तरमा १०१ सदस्य रहेको जनासभा परिचालन कमिटी गठन गरी उक्त कमिटीले योजना बनाई घर-घरमा जनसभाको प्रचार गरी जनतालाई सहभागिता गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जनसभाअघि मोटरसाइकल र्‍याली, सांस्कृतिक झाँकीलगायत प्रदर्शन गर्ने बताइएको छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति: Jan 25, 2021

प्रतिक्रिया दिनुहोस्