Logo
६ आश्विन २०८१, आईतबार
(January 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् भंग विरुद्ध प्रचण्ड समूहद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड-नेपाल पक्षले माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी कार्यक्रम सार्वजनिक गरेका छन्।

पार्टीकी नेतृ पम्फा भुसालले माघ १३ गते सिठ्ठी जुलुस गरिने बताइन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड-नेपाल पक्ष आन्दोलनमा छ।

यस्तै माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना कार्यक्रम गर्ने पनि उनीहरूले बताएका छन् ।यसबीचमा माघ १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्ने भुसालको भनाइ छ।

प्रचण्ड-नेपाल पक्षले देशका विभिन्न सहरमा विरोध कार्यक्रम गर्न लागेको छ।१५ गते बुटवलमा, १६ गते विराटनगर र १७ गते धनगढीमा कार्यक्रम गर्न र उक्त कार्यक्रमलाई अध्यक्षद्वयलगायतले सम्बोधन गर्ने उनले बताइन्।

यस्तै माघ २२ गते काठमाडौंमा युवाहरूको वृहत र्‍याली गर्ने, २६ गते मसाल जुलुस गर्ने र माघ २८ मा काठमाडौंमा विरोध सभा गर्ने उनीहरूले बताएका छन्।

प्रकाशित मिति: Jan 25, 2021

प्रतिक्रिया दिनुहोस्