Logo
६ आश्विन २०८१, आईतबार
(January 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारहरुलाई संचारमन्त्रीको आग्रह : संकटका बेला आफ्नो गरिमा नघटाउनुस् !

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालका पत्रकारहरुले कालोझण्डा देखाउन नपर्ने गरी सरकारले काम गर्ने दावी गरेका छन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली निकट प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री गुरुङले सञ्चारकर्मीको योगदानलाई सरकारले उच्च मुल्यांकन गर्ने समेत बताए ।

उनले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनका क्रममा सञ्चारकर्मीले गरेको योगदानलाई सम्मान गर्न सरकारको प्रयास भएपनि केही मिडिया र सञ्चारकर्मीले पत्रकार आचारसंहिता विपरित आफ्ना गतिविधि गरिरहेको आरोप लगाउँदै असन्तुष्टि जनाए ।

‘केही पत्रकारहरुले बाटो विराएको, आचारसंहिता विपरित हिडेको त होइन ? भनेर प्रश्न उठेको छ’ मन्त्री गुरुङले भने, ‘राजनीतिक संकटका बेला गरिमा र मर्यादालाई घटाउने काम नगर्नुस् ।

हामी चाहान्छौँ नेपालको संविधान र सार्वभौमिकताको रक्षा गर्ने पत्रकारका रुपमा बुझ्नुपर्नेमा द्वन्द्व बढ्ने किसिमको भूमिका देखिएको त होइन भनेर प्रश्न उठेको छ ।’
मन्त्री गुरुङले सरकारका गलत क्रियाकलापबारे सञ्चारकर्मीले चलाएको कलमप्रति असन्तुष्टि जनाए ।

प्रकाशित मिति: Jan 21, 2021

प्रतिक्रिया दिनुहोस्