Logo
९ मंसिर २०८१, आईतबार
(January 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षकको हत्या आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज धन बहादुर विक पक्राउ

प्रदेश नं १ स्थित मोरङमा नेकपा विप्लव समूहका मोरङ इन्चार्ज धन बहादुर विकलाई मिक्लाजुङका शिक्षकको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर विकलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट बुधबार दिउँसो २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले आज जानकारी दिएको छ ।

नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले मंसिरमा मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको थियो । शिक्षक श्रेष्ठलाई जंगलमा लगेपछि हात बाँधेर घाँटी रेटेको पाइएको थियो । सो घटनामा विकले मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

विकको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका हतियार र को २४ प ४००५ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

विकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई हातहतियार खरखजना कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jan 21, 2021

प्रतिक्रिया दिनुहोस्