सप्तरीमा आगलागीबाट ४ घर नष्ट, २० लाखभन्दा बढीको क्षति
प्रदेश नं २ अन्तरगत रहेको सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।
कङ्कालिनी-२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट शुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर आज विहान जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिए ।
आगलागीबाट खाद्यन्न, लत्ताकपडा, नगद जिन्सी र भाँडाकुडा गरी करिव रु २० लाख मूल्य भन्दा बढीको क्षति भएको उनले बताए । आगलागीलाई स्थानीयवासी बारुणयन्त्र, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीले नियन्त्रणमा लिएका थिए।