Logo
१२ मंसिर २०८१, बुधबार
(January 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डब्लुएचओको टोली कोरोना भाइरसको उत्पतीबारे अध्ययन गर्न चीनको वुहान पुग्यो

कोरोना भाइरसको उत्पतीबारे अध्ययन गर्न लागि डब्लुएचओको टोली चीनको वुहानमा पुगेको छ ।

कोरोना भाइरस महामारीको उत्पत्तीबारे अनुसन्धान गर्न डब्लुएचओको टोली बिहीबार बिहान चीन पुगेको बिबिसीले जनाएको छ।

 

लामो समयदेखि डब्लुएचओ र बेइजिङबिचको वार्तापछि अनुसन्धानकर्ताको टोली चीन पुगेको हो।१० वैज्ञानिकहरुको टोलीले अनुसन्धान संस्थाका अधिकारी, अस्पताल तथा सिफुड मार्केटका प्रतिनिधिसँग अन्तर्वार्ता गर्ने छन् ।

सिजिटिएनका अनुसार उक्त टोलीमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, जापान, बेलायत, रूस, नेदरल्यान्ड, कतार र भेयतनामका विज्ञहरू सहभागी छन्।

अनुसन्धान बढाउनुअघि डब्लुएचओको टोली दुई हप्ता क्वारेन्टिनमा बस्नेछन्।उत्पतीको वास्तविकता थाहा पाउनका लागि अनुसन्धान टोली बिहीबार बिहान वुहान पुगेको हो ।

सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसको महामारी त्यसपछि विश्वभर फैलियो ।

 

प्रकाशित मिति: Jan 14, 2021

प्रतिक्रिया दिनुहोस्