Logo
३ माघ २०८१, बिहीबार
(January 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान, सीमा विषयमा छलफल हुने

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारत प्रस्थान गरेका छन् ।

भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री ज्ञवाली आज बिहीबार भारत प्रस्थान गरेका हुन् ।

मन्त्री ज्ञवालीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी रहेका छन् ।मन्त्री ज्ञवाली भारतमा ३ दिनसम्म चल्ने नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुने जनाइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड-१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ ।

मन्त्री ज्ञवालीले भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।मन्त्री ज्ञवाली ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Jan 14, 2021

प्रतिक्रिया दिनुहोस्