Logo
९ माघ २०८१, बुधबार
(January 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्पष्टीकरण दिदै Zee News ले भन्यो -“सगरमाथा नेपालकै हो र कसैले छिन्न सक्दैन”

भारतीय टेलिभिजन नेटवर्क जी मिडियाको हिन्दी न्युज च्यानल जी न्युजले एउटा स्पष्टीकरण प्रसारण गर्दै आफ्नो रिपोर्ट सच्याउन बाध्य भएको छ ।

सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्तिलाई लिएर नेपालमा चर्को विरोध भएपछि जी न्यूजका सम्पादक सुधीर चौधरीले अन्ततः सच्याउन बाध्य भएका हुन् ।

बुधबार रातीको टेलिभिजन कार्यक्रम डीएनएमा च्यानलका प्रधानसम्पादक एवं होस्ट चौधरीले नेपालीको भावनामा ठेस पुर्‍याउनु आफ्नो आशय नरहेको भन्दै आफ्नो अभिव्यक्तिले भारत र नेपालको नागरिकबीचको सम्बन्धमा असर नपुर्‍याउने बताए ।

‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालबाट कसैले छिन्न सक्दैन’ उनले भने, ‘सरकार त आउँछन् जान्छन् तर, दुई देशबीचको नागरिकको सम्बन्धमा हार्दिकता हुनुपर्छ ।’ उनले यसो भनिरहँदा बुधबारको संस्करणमा आफ्नो बारे छापिएको नयाँपत्रिका दैनिक हातमा लिएका थिए ।

‘हामी नेपाली दर्शक र नेपाली भाइबहिनीलाई भन्न चाहन्छौं-भारत र नेपालबीच राम र लक्ष्मणको जस्तो सम्बन्ध छ र सँधै रहनेछ । माउन्ट एभरेस्टमा भारतको दाबी हुनुपर्छ भनेर बिल्कुलै भन्न खोजिएको होइन । माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

उनी अगाडि भन्छन् –माउन्ट एभरेस्टको लोकेसनलाई कसैले बदल्न सक्दैन । माउन्ट एभरेस्ट नेपालमै छ र यसलाई कसैले इन्कार गर्न सक्दैन । हामीलाई नेपालका आफ्ना दर्शकलाई निराश तुल्याउनु छैन । तपाइँहरुलाई निराश तुल्याउने उद्देश्य पनि छैन ।’

सुधीर भन्छन –सरकार कसैको आएपनि हामी र तपाइँ मिलेर अगाडि बढ्नुपर्छ । राजनीति त हुँदै गर्छ । नेपाल र भारतका नागरिकबीच कहिल्यै कुनै समस्या आएन । अगाडि पनि सम्बन्धमा कुनै अवरोध आउन दिँदैनौं ।

भारत र बाँकी संसारका दर्शकजस्तै नेपाली दर्शक पनि हाम्रा लागि उत्तिकै महत्वपूर्ण छन् । हामीले केवल सगरमाथाको उचाइ मापन गर्ने भारतीय गणितज्ञ राधानाथ सिकदरलाई उनको श्रेय मात्र खोजेका हौं ।

यो बाटोमा नेपाल कहिँपनि बाटोमा अवरोध छैन । हामी नेपाल र नेपालीसँग कुनै चीज छिन्न चाहन्नौं । हामीले खोजेको मात्र के हो भने भारतकै आफ्नो नामले एभरेस्ट चिनिनुपर्छ भन्ने हो जसरी नेपालले सगरमाथा भनेर चिन्छ ।’

‘भारतले पनि यसलाई माउन्ट एभरेस्ट नभनेर माउन्ट सिकदर नामले जान्नुपर्छ । यदि नेपालीले यो कुरालाई स्वीकार गर्छन् भने यसमा उनको महानता झल्कनेछ । माउन्ट एभरेस्टबाट माउन्ट सिकदर हुनु भनेको यसमा भारतको कब्जा हुन्छ भन्ने होइन ।

यो नेपाल र तिब्बतको सिमानामा सँधै मौजुद रहन्छ । यसबाट केवल त्यो गल्ती सुधार्न सकिन्छ जतिबेला बेलायतले आफ्नो शासनमा जाने बुझेर अंग्रेजी नाम राखेका थिए । यसलाई सुधार्न कोसिस गरिएको हो ।’

आइतबार सगरमाथा आधार शिविरमै हेलिकोप्टरमार्फत पुगेर सुधीरले त्यहाँको रिपोर्टिङ गरेका थिए । त्यसअघि उनले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको लामो अन्तर्वार्ता लिए । तर, सगरमाथा आधार शिविरमा उनको रिपोर्टिङ निकै विवादित बन्यो ।

नेपाली मिडिया र सामाजिक संजाल बुधबार दिउँसोभर जी न्यूजविरुद्ध खनिएका थियो भने पत्रकार वीरेन्द्र केएमले एउटा भिडियो नै जारी गर्दै चौधरीलाई जवाफ् दिएका थिए साथै उनले फोनमा कुराकानी नै गरेर सच्याउन बाध्य बनाएका थिए ।nbnbbhttps://m.facebook.com/story.php?story_fbid=3962459847119664&id=100000670642143

प्रकाशित मिति: Jan 13, 2021

प्रतिक्रिया दिनुहोस्