Logo
३ माघ २०८१, बिहीबार
(January 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

औपचारिक रुपमा बन्द रहेको भारतीय सीमा नाका खोल्ने सरकारी तयारी सुरु

उपप्रधानमन्त्री ईश्वर पोखरेलले लामो समयदेखि बन्द रहेको भारतीय सीमा नाका सरकारले अब खोल्ने तयारी थालेको बताएका छन् । प्रदेश २ स्थित बारामा आयोजित नेकपाको एक भेला कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सीमा नाका खेलाउन सोमबारै गृह सचिवसित आफूले कुरा गरेको उनले बताए । सीमा खोलिँदा सचेतना भने कायम राख्न आग्रह गरे । ‘कोभिडले कुनै कर्मचारी र समुदाय नछोड्ने भएकाले सीमा नाका खुलेपनि सचेतना अपनाई राख्नुपर्छ,’ उनले भने ।

बारा जिल्लाका सिम्रौनगढ र मटिअर्वा नाकासमेत खोलिने उनले आश्वासन दिएका छन् ।

उनका अनुसार कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको भारतीय सिमा नाका सरकारले खोल्ने तयारी गरेको हो । महामारीको जोखिम कम भएपछि सरकारले चाँडै सिमानाका खोल्ने सरकारी तयारी छ।

‘सीमा नाका बन्दले खासगरी तराई-मधेसमा विवाह, गाडी आउजाउ, किनमेललगायतको समस्या र चिन्ता छ, यसलाई म यहाँबाट जाने बित्तिकै प्रधानमन्त्रीलाई कुरा गरेर सीमा नाका खुलाउँछु,’ उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने, सीसीएमसीको प्रमुखको हैसियतले बैठक बसेर नाका खोल्ने निर्णय गर्छु ।’

 

 

प्रकाशित मिति: Jan 12, 2021

प्रतिक्रिया दिनुहोस्