Logo
१२ मंसिर २०८१, बुधबार
(January 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ ।

अमेरिकी संसदमा ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले महाअभियोग प्रस्ताव पेश गरेको हो । महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुनसक्ने बीबीसीले जनाएको छ ।

महाअभियोग प्रस्तावमा ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको छ ।

महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको विषय पनि उल्लेख छ ।

त्यसैले सिनेटकी सभामुख नेन्सी पेलोसीसहित धेरैजसो डेमोक्र्याट पार्टीका सांसद र अन्य नेताहरुले समेत ट्रम्पलाई उनको कार्यकाल समाप्त हुनुअघि नै ह्वाइटहाउसबाट निकाल्न चाहेका छन् ।

राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दैछन् ।

प्रकाशित मिति: Jan 12, 2021

प्रतिक्रिया दिनुहोस्