अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको तयारी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको लगाउने तयारी गरीएको छ ।महाअभियोग प्रस्तावमा दुई सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेका छन् ।
सभामुख नेन्सी पेलोसीका अनुसार ट्रम्पलाई अक्षम राष्ट्रपति घोषित गर्नका लागि उपराष्ट्रपति पाइक पेन्सले पूरै मन्त्रिमण्डललाई मनाएपछि २५ औं संशोधन लागू हुनेछ र उनले कार्यवाहक राष्ट्रपतिको रुपमा तुरुन्त पद सम्हाल्ने छन् ।
नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न केहि दिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको हो बीबीसीले जनाएको छ ।
प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा मंगलबार मतदान हुने सक्ने डेमोक्र्याट नेताहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सभामुख नेन्सी पेलोसीले पनि ट्रम्पविरुद्ध महाअभियोग लगाउन सदनले उचित कारबाही गर्ने बताएकी छन् ।
पेलोसीले आइतबार साँझ आफ्ना साथीहरुलाई पठाएको पत्रमा लेखिएको छ, ‘हामी हाम्रो संविधान र लोकतन्त्रको रक्षाका लागि तत्पर छौं । किनकी राष्ट्रपतिबाट यी दुवै खतरामा छन् । हालका राष्ट्रपतिले हाम्रो लोकतन्त्रमा हमला गरेका छन् । त्यसैले कारबाही तत्काल आवश्यक छ ।’
महाअभियोग प्रस्तावमा ट्रम्पले हिंसालाई बढावा दिएको आरोप लगाइएको छ । साथै ट्रम्पमाथि संयुक्त राज्य अमेरिकाको सरकारविरुद्ध मानिसहरुलाई उक्साएको आरोप पनि छ ।
महाअभियोग लगाउने तयारी भएपछि रिपब्लिकन उम्मेदवारहरुले ट्रम्पलाई राजीनामा दिन सुझाव दिएका छन् ।
गत हप्ता ट्रम्पको उक्साहटमा उनका समर्थकहरुले अमेरिकी संसदभित्रै घुसेर आक्रमण र तोडफोड गरेका थिए ।