Logo
१२ मंसिर २०८१, बुधबार
(January 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

गण्डकी प्रदेश स्थित कास्कीको पोखराबाट प्रहरीले ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मी घर भई पोखरा महानगरपालिका-२६ चापाचौर बस्ने पुर्ण बहादुर थापा छन् । पुर्ण बहादुरले शनिवार आफ्नो डेरा नजिकै बस्ने बालिकालाई कोही नभएको मौका पारेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बलात्कार आरोपी थापा पोखरामा ज्याला मजदुरी गर्थे । प्रहरीले उनलाई अदालतबाट जबर्जस्ती करणी मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

बालिकामाथि कुन हदसम्म दुव्र्यवहार भएको हो भन्नेबारे पीडितका आमाबुबासँग राखेर सोधपुछ गरिने प्रहरीले बताएको छ ।

प्रकाशित मिति: Jan 10, 2021

प्रतिक्रिया दिनुहोस्