Logo
१२ मंसिर २०८१, बुधबार
(January 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेपत्ता विमान जकार्ता नजिकको आइल्याण्ड आसपासमा दुर्घटनामा परेको अनुमान

विमान दुर्घटना भएको पुष्टिसँगै इन्डोनेसियाका अधिकारिहरुले भएको स्थल पत्ता लगाउन सफल भएको बताएका छन् । ६२ जना सवार श्रीविजाया एअरको बोइङ्ग ७३७ विमान शनिबार दुर्घटनामा परेको हो ।

जकार्ताबाट पोन्तिएनाकका लागि उडेको विमान दुर्घटनामा परेको हो । विमान जकार्ता नजिकको आइल्याण्ड आसपासमा दुर्घटनामा परेको अनुमान छ ।

विमान दुर्घटना भएको क्षेत्रमा १० भन्दा बढि पानी जहाज पठाइएको छन् । साथमा नेभी डाइभर पनि छन् । दुर्घटनाग्रस्त विमानको भग्नावशेष ठानिएको सामग्रीको अनुसन्धानकर्ताले त्यसको विश्लेषण गरेका छन् ।

बोइङ्गको ७३७ म्याक्स लगातार दुर्घटनाका कारण हाल विश्वभर ग्राउण्डेड छ । तर बोइङ्गकै अर्को मोडलको विमान इन्डोनेशियामा दुर्घटनामा परेको हो ।

विमानमा १२ बालबालिकासहित ५० यात्रु र चालक दलका १२ सदस्य थिए । राजधानी जकार्ताबाट उडेको केहीबेरमै विमान दुर्घटनामा परेको हो । उडान भरेको चार मिनेटपछि नै विमान राडारबाट हराएको थियो ।

राति स्थगित गरिएको उद्धार तथा खोजी अभियान आइतबार बिहान सुरु भएको अधिकारीले बताएका छन् । दुर्घटनामा परेको विमान ७३७ म्याक्स भने होइन ।

 

प्रकाशित मिति: Jan 10, 2021

प्रतिक्रिया दिनुहोस्