भोली शनिबार पनि बैंक खुला गर्न नेपाल राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक खुला राख्न निर्देशन दिएको छ ।
भोलि दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंक निर्देशन दिएको हो ।
राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् ।
केहि बैंकहरुले आज शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउसो बैंक खुला रहने जानकारी गराएका छन् ।